आज थप ६३ सांसदको थ्रोट स्वाब संकलन
काठमाडौं, वैशाख २६ : संघीय संसद्को छैटौँ अधिवेशन आजदेखि शुरु हुने भएपछि बिहीबार र शुक्रबार गरी कूल २७५ सांसदको ‘थ्रोट स्वाब’ को नमूना....

काठमाडौं, वैशाख २६ : संघीय संसद्को छैटौँ अधिवेशन आजदेखि शुरु हुने भएपछि बिहीबार र शुक्रबार गरी कूल २७५ सांसदको ‘थ्रोट स्वाब’ को नमूना संकलन गरिएको छ।
सांसद तथा कर्मचारीमा कोभिड–१९ भए÷नभएको निक्यौल गर्न बिहीबार प्रतिनिधिसभाका १७९ राष्ट्रियसभाका ३३ गरी २१२ सांसद र २२९ संघीय संसद् सचिवालयका कर्मचारी तथा मर्यादापालकको स्वाब संकलन गरिएको थियो।
आज नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा प्रतिनिधिसभाका ५३ र राष्ट्रियसभाका १० गरी थप ६३ सांसदको स्वाबको नमूना संकलन गरिएको सभामुख अग्निप्रसाद सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए।
संघीय संसद्को छैटौँ अधिवेशन आज अपराह्न ४ बजे बस्दैछ। कोभिड–१९को परीक्षणका लागि ५४ सांसदको स्वाबको नमूना लिन अझै बाँकी रहेको छ। प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ५८ सांसद छन्।











