Kathmandu Press

‘राजनीतिक द्वन्द्व हटाएर शान्ति प्रक्रियाको बाटोमा अगाडि बढिरहेका छौं’

बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नेपालमा केही नविग्रिएको भन्दै राजनीतिक द्वन्द्वलाई हटाएर शान्ति प्रक्रियाको बाटोमा अगाडि बढेको बताए। 
‘राजनीतिक द्वन्द्व हटाएर शान्ति प्रक्रियाको बाटोमा अगाडि बढिरहेका छौं’

काठमाडौं, असार ५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले राजनीतिक द्वन्द्वलाई हटाएर शान्ति प्रक्रियाको बाटोमा संविधान निर्माण गरेर अगाडि बढि सकेको बताएका छन्। 

बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नेपालमा केही नविग्रिएको भन्दै राजनीतिक द्वन्द्वलाई हटाएर शान्ति प्रक्रियाको बाटोमा अगाडि बढेको बताए। 

Hardik ivf

‘नेपालमा केही विग्रिएको छैन, हाम्रो देश ढलेको छैन, जुरुक्कै उठेको छ, भूकम्पपछि हाम्रो सम्पदाहरु जस्ताको त्यस्तै उठेका छन्। हाम्रा स्कुल, स्वास्थ्य संस्था सबै उठेका छन्,’ उनले भने, ‘कोभिडको कारण अर्थतन्त्र कमजोर भयो अब त्यो पनि विस्तारै चलाएमान हुने दिशामा छ। राजनीतिक द्वन्द्वलाई हटाएर शान्ति प्रक्रियाको बाटोमा संविधान निर्माण गरेर अगाडि बढि सकेको अवस्था छ।’

उनले देशमा भएको स्रोतलाई प्रयोग गर्न सक्ने खुबि बाहिर ल्याउने हो भने देश समृद्ध हुने पनि बताए।  

‘हामी कुनै युद्ध र भोकमरि भोगिरहेका छैनौं। हामी कसैको शत्रु छैनौ त्यसकारण हाम्रो देशलाई समृद्धिको बाटोमा लान्छौ, यो देशको भविष्य छ । देशमा भएको स्रोतलाई प्रयोग गर्न सक्ने खुबि बाहिर ल्याउने हो भने हाम्रो देश समृद्ध हुन्छ,’ उनल भने।  
 

प्रकाशित मिति: २१:२८ बजे, बिहीबार, असार ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्