Kathmandu Press

अर्घाखाँचीका सीडीओ खरेल मन्त्रालयमा तानिए 

सीडीओ खरेलविरुद्ध कार्यालयकै कर्मचारीहरू आन्दोलनमा उत्रिएपछि विवादमा परेका थिए। 
अर्घाखाँचीका सीडीओ खरेल मन्त्रालयमा तानिए 

काठमाडौं, असार ५ : गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय, अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) वेदप्रसाद खरेललाई मन्त्रालयमा तानेको छ। 

सीडीओ खरेलविरुद्ध कार्यालयकै कर्मचारीहरू आन्दोलनमा उत्रिएपछि विवादमा परेका थिए। 

गृह मन्त्रालयले खरेललाई मन्त्रालय तानेर भक्तपुरका सीडीओ गोपालप्रसाद अर्याललाई पठाएको हो। 

भक्तपुरको सीडीओमा गृह मन्त्रालयका सहसचिव भरतमणि पाण्डेलाई पठाइएको छ।

प्रकाशित मिति: १८:४५ बजे, बिहीबार, असार ५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्