Kathmandu Press

सांसद मेटमणि चौधरीविरुद्ध साढे पाँच करोड चेक बाउन्स जाहेरी

जिल्ला प्रहरी कार्यालय दाङले सांसद चौधरीविरुद्ध हुलाकमार्फत जाहेरी प्राप्त भएको बताएको छ। 
सांसद मेटमणि चौधरीविरुद्ध साढे पाँच करोड चेक बाउन्स जाहेरी

दाङ, असार ५ : पूर्वमन्त्री समेत रहेका सांसद मेटमणि चौधरीविरुद्ध पाँच करोड ४० लाख रुपैयाँको चेक अनादरको जाहेरी परेको छ। जाहेरीमाथि प्रहरीले अध्ययन गरिरहेको छ। 

जिल्ला प्रहरी कार्यालय दाङले सांसद चौधरीविरुद्ध हुलाकमार्फत जाहेरी प्राप्त भएको बताएको छ। 

चेक बाउन्स भएको आरोपमा छानविन र कारबाहीका लागि चौधरीविरुद्ध हुलाकमार्फत जाहेरी परेको हो। 

जाहेरी परे पनि दर्ता हुन भने बाँकी रहेको छ। एकीकृत समाजवादी पार्टीका उपमहासचिवसमेत रहेका चौधरी दाङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। जाहेरी कस्ले पठाएको हो भनेर खुल्न सकेको छैन। 
 
प्रकाशित मिति: १८:०३ बजे, बिहीबार, असार ५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्