फेक न्यूजविरुद्धको अभियानमा उभिए अभिनेता महेश बाबु
काठमाडौं, वैशाख २६ : दक्षिण भारतीय फिल्म क्षेत्रका कलाकार फेक न्यूजविरुद्धको अभियानमा लागेका छन्। यसमा दक्षिण भारतीय सुपरस्टार महेश बाबु पनि जोडिएका छ....

काठमाडौं, वैशाख २६ : दक्षिण भारतीय फिल्म क्षेत्रका कलाकार फेक न्यूजविरुद्धको अभियानमा लागेका छन्। यसमा दक्षिण भारतीय सुपरस्टार महेश बाबु पनि जोडिएका छन्।
कोरोना भाइरसको संक्रमण फैलिरहेको अवस्थामा गलत समाचारले समाजमा भ्रम सिर्जना गरेको महेशले बताएका छन्। उनले फेक न्यूज समाजका लागि ठूलो खतार भएको औल्याएका छन्।
अहिले दक्षिण भारतीय कलाकारले सामाजिक सञ्जालमा ‘किल फेक न्यूज’ र ‘किल कसिप वेबसाइट’ ह्यासट्याग चलाएका छन्। यसलाई समर्थन गर्दै अभिनेता महेशले लेखेका छन्, ‘म मेरो सुन्दर तेलुगू फिल्मी उद्योग बचाउन चाहन्छु।’
पैसाको लोभमा नबोलेको कुरालाई फैलाउने गरिएको उनले आरोप लगाएका छन्। यसले वर्षौ लगाएर कमाएको प्रतिष्ठा र गोपनीयताबारे भाम्रक कुराहरु प्रकाशन हुनु दुखद भएको उनको भनाइ छ।
यस अभियानमा अन्य कलाकारले पनि सत्य नबुझी समाचार सेयर नगर्न आग्ह गरेका छन्। यसले कलाकारको प्रतिष्ठामा आँच आइरहेको उनीहरुले बताएका छन्।
अभिनेता महेशले पनि यो अभियानलाई सहयोग गर्न सबैलाई आग्रह गरेका छन्। फेक न्यूज जहाँ देख्यो, त्यही आवाज उठाएर निरुत्साहित गर्नपर्ने उनले बताएका छन्।
भ्यूअर बढाउन दक्षिण भारतमा केही वेबसाइटले फेक न्यूज प्रकाशित गर्दै आइरहेका छन्। यसको चपेटमा सबैभन्दा बढी कलाकार पर्दै आएका छन्।












