Kathmandu Press

आलमलाई सफाई दिने दुई न्यायाधीश न्याय परिषदमा तानिए

न्यायाधीश थारु र मजर्हन आलमलाई सफाई दिने फैसलाका कारण विवादमा फसेका थिए। यी न्यायाधीशविरुद्ध न्याय परिषदमा पीडित परिवारले उजुरी समेत दिएका थिए।
आलमलाई सफाई दिने दुई न्यायाधीश न्याय परिषदमा तानिए

काठमाडौं, असार ५ : पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई कर्तव्य ज्यान मुद्दामा सफाइ दिने उच्च अदालतका दुई न्यायाधीश न्याय परिषदमा तानिएका छन्।  

उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा कार्यरत न्यायाधीशद्वय डा.खुसीप्रसाद थारु र अर्जुन महर्जनलाई सर्वोच्चमा काजमा रहने गरी न्याय परिषदमा तानिएको हो।

Hardik ivf

न्यायाधीश थारु र मजर्हन आलमलाई सफाई दिने फैसलाका कारण विवादमा फसेका थिए। यी न्यायाधीशविरुद्ध न्याय परिषदमा पीडित परिवारले उजुरी समेत दिएका थिए। उनीहरूमाथि नेकपा बहुमतका कार्यकर्ताले कालो मोसोसमेत छ्यापेका थिए। 
रौतहट जिल्ला अदालतले आलमसहित ४ जनालाई गरेको जन्मकैदको फैसला उल्ट्याएर सफाई पाउने फैसला सुनाइएको थियो । उच्च अदालतले सफाइ दिएपछि आलम जेठ १४ गते कारागारमुक्त भइसकेका छन्। 

संविधान सभा निर्वाचनताका २०६४ चैत २७ गते रौतहटको साविक राजपुर फरहदवा–४ मा रहेको आलमको घरमा भएको वम विस्फोटका घाइतेलाई इँटा भट्टामा लगेर जलाएको अभियोगमा कर्तव्य ज्यान मुद्दा चलाइएको थियो। 

बम काण्डमा मारिएका त्रिलोकप्रताप सिंह (पिन्टु) का बाबु श्रीनारायण सिंह राजपुतले न्यायाधीशद्वयमाथि कारबाहीको माग गर्दै न्यायपरिषद्मा उजुरी दिएका हुन् । उजुरीमा उच्च अदालत वीरगञ्जका न्यायाधीशद्वय थारु र महर्जनको आचरणमाथि प्रश्न उठाइएको छ । पीडित राजपुतले न्यायाधीशमाथि छानविन र कारबाहीको माग गरेका छन् । 

 

प्रकाशित मिति: १७:३३ बजे, बिहीबार, असार ५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्