Kathmandu Press

आफ्नो निर्णयबाट पछि हटे बालेन 

मेयर बाहको निर्णयबाट जिम्मेवारी खोसिएका सुशासन समिति संयोजक ख्यामराज तिवारी, सूचना प्रविधि समिति संयोजक नवीन मानन्धर, सम्पदा तथा पर्यटन समिति संयोजक आशामान संगत र विधायन समिति संयोजक मचाराजा महर्जनको जिम्मेवारी यथावत कायम गरिएको छ। शाहले गत जेठ १ गते जिम्मेवारी खोसेका थिए। 
आफ्नो निर्णयबाट पछि हटे बालेन 

काठमाडौं, असार ५ : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह आफैंले गरेको पूर्व निर्णयबाट पछि हटेका छन्।

मेयर बाहको निर्णयबाट जिम्मेवारी खोसिएका सुशासन समिति संयोजक ख्यामराज तिवारी, सूचना प्रविधि समिति संयोजक नवीन मानन्धर, सम्पदा तथा पर्यटन समिति संयोजक आशामान संगत र विधायन समिति संयोजक मचाराजा महर्जनको जिम्मेवारी यथावत कायम गरिएको छ। शाहले गत जेठ १ गते जिम्मेवारी खोसेका थिए। 

जिम्मेवारी खोसिएकाहरूको स्थानमा सूचना प्रविधि समिति संयोजकमा वडाध्यक्ष वीरेन्द्र प्रजापति, वडाध्यक्ष दलबहादुर कार्की सुशासन समिति संयोजक, सम्पदा तथा पर्यटन समितिका संयोजकमा विनोदकुमार राजभण्डारी र विधायन समितिमा रोजिना श्रेष्ठ संयोजक तोकिएका थिए। 

शाहद्वारा तोकिएको समिति संयोजकको जिम्मेवारी कांग्रेसबाट निर्वाचित वडाध्यक्ष प्रजापति र कार्की तथा एमालेबाट निर्वाचित राजभण्डारीले अस्वीकार गरेका थिए। 

मेयर शाहले निर्णय फिर्ता लिई जिम्मेवारीमा पूर्ववत अवस्था कायम गरेका छन्। 

प्रकाशित मिति: १७:३० बजे, बिहीबार, असार ५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्