Kathmandu Press

सांसद थापाले च्याते संसदभित्रै बजेट किताब

बिहीबार प्रतिनिधिसभाको बैठकमा सरकारले ल्याएको बजेटमा एकाधिकार कायम गरिएको र जनताप्रति उत्तरदायी नभएको भन्दै उनले बजेट पुस्तिका सदनमै च्यातेका हुन्।
सांसद थापाले च्याते संसदभित्रै बजेट किताब

काठमाडौं, असार ५ : नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले बजेट पुस्तिका सदनमै च्यातेका छन्। 

बिहीबार प्रतिनिधिसभाको बैठकमा सरकारले ल्याएको बजेटमा एकाधिकार कायम गरिएको र जनताप्रति उत्तरदायी नभएको भन्दै उनले बजेट पुस्तिका सदनमै च्यातेका हुन्।

‘भौतिक मन्त्रालयको बजेटले धेरै जिल्ला सम्बोधन गर्न सकेन। अहिलेको बजेट नेतामुखि भएको हुनाले बजेटको किताब हेरेँ, जनताबाट उठेको राजस्वले जनताप्रति उत्तरदायित्व लिएको छैन,’ उनले भने, ‘एकाधिकार कायम गरेकाले अनुमति लिएर सदनभित्र यो किताब च्यातेको छु।’

भौतिक पूर्वाधार मन्त्रालयको बजेटले दैलेखलाई सम्बोधन गर्न नसकेको उनको गुनासो छ।
 
प्रकाशित मिति: १६:०९ बजे, बिहीबार, असार ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्