कारागारका कैदीको मृत्यु प्रकरणमा प्रहरी नायब निरीक्षक पक्राउ
थुनामा रहेका हरिस सिंह पालीको मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) हरजीत नाथलाई पक्राउ गरिएको हो।
कैलाली, असार ५ : कैलाली कारागारका कैदीको मृत्यु प्रकरणमा प्रहरी नायब निरीक्षक (सई) लाई पक्राउ परेका छन्।
थुनामा रहेका हरिस सिंह पालीको मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) हरजीत नाथलाई पक्राउ गरिएको हो। पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा नाथलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नाथलाई अनुसन्धानका लागि हिरासतमा राखिएको छ। मृतक पाली प्रतिवादी रहेको बैंकिङ कसुर मुद्दाका वादी पक्ष समेत रहेका नाथको कुटपिटबाट मृत्यु भएको भन्दै पीडित परिवारले प्रहरीमा किटानी जाहेरी दिएको हो। पालीलाई जिल्ला अदालतले २०८० सालको फागुनमा १० दिन कैद र दुई लाख जरिवाना हुने फैसला सुनाएको थियो।
नाथकै योजनामा आफ्ना श्रीमानलाई कारागारभित्र कुटपिट गरि हत्या गरिएको आरोपसहित मृतककी मृतककी श्रीमती जानकी साउदले कारागार प्रमुख बसन्त बहादुर खत्रीसहितका पाँच जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन्।
कैलाली प्रहरीले जाहेरी सच्याएर ल्याउन भनेपछि बिहीबार नाथविरुद्ध जाहेरी दिइएको थियो । त्यसलगत्तै उनी पक्राउ परेका हुन्। किटानी जाहेरी दर्ता भएपछि पीडित पक्ष शव बुझ्न तयार भएको छ। मृतक पालीका शरीरमा चोटपटक देखिएका कारण परिवारले थुनामा हत्या नै भएको दाबी गरेको छ।