Kathmandu Press

विशेष कारण देखाएर शीर्ष तीन नेताको बैठक स्थगन  

सिंहदरबारमा आज दिउँसो २ बजे बस्ने गरी शिर्ष नेताको बैठक तय भएको थियो। प्रधानमन्त्री ओलीको सचिवालयले बैठक ‘विशेष कारणवश’ हाललाई स्थगन गरिएको जनाएको छ। 
विशेष कारण देखाएर शीर्ष तीन नेताको बैठक स्थगन  

काठमाडौं, असार ५ : प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको विहीबार बस्ने गरी तय भएको बैठक स्थगन भएको छ। 

सिंहदरबारमा आज दिउँसो २ बजे बस्ने गरी शिर्ष नेताको बैठक तय भएको थियो। प्रधानमन्त्री ओलीको सचिवालयले बैठक ‘विशेष कारणवश’ हाललाई स्थगन गरिएको जनाएको छ। 

प्रधानमन्त्री ओलीसहित सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटघाट गरी समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको थियो।
 
प्रकाशित मिति: १५:५२ बजे, बिहीबार, असार ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्