विशेष कारण देखाएर शीर्ष तीन नेताको बैठक स्थगन
सिंहदरबारमा आज दिउँसो २ बजे बस्ने गरी शिर्ष नेताको बैठक तय भएको थियो। प्रधानमन्त्री ओलीको सचिवालयले बैठक ‘विशेष कारणवश’ हाललाई स्थगन गरिएको जनाएको छ।
काठमाडौं, असार ५ : प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको विहीबार बस्ने गरी तय भएको बैठक स्थगन भएको छ।
सिंहदरबारमा आज दिउँसो २ बजे बस्ने गरी शिर्ष नेताको बैठक तय भएको थियो। प्रधानमन्त्री ओलीको सचिवालयले बैठक ‘विशेष कारणवश’ हाललाई स्थगन गरिएको जनाएको छ।
प्रधानमन्त्री ओलीसहित सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटघाट गरी समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको थियो।
प्रकाशित मिति: १५:५२ बजे, बिहीबार, असार ५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-(18)-1754995463.jpg)