Kathmandu Press

संसदको नियमित कार्यक्रम सुरु भएपछि बेल घेर्दै रास्वाप, राप्रपाको बहिष्कार

नियमति कार्यसूचीमा प्रवेश गर्ने वित्तिकै रास्वपाका सांसदहरूले बेल घेराउ गर्दै नाराबाजी गरेका थिए। यता, राप्रपाका सांसदहरु भने बैठक बाहिस्कार गर्दैै बैठकबाट बाहिरिएका थिए। 
संसदको नियमित कार्यक्रम सुरु भएपछि बेल घेर्दै रास्वाप, राप्रपाको बहिष्कार

काठामडौं, असार ५ : भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले बिहीबार पनि प्रतिनिधिसभा बैठकमा विरोध गरेका छन्। 

करिब २ घण्टा ढिला सुरु भएको बैठकको सरुमा दुवै दलका सांसदहरुले उठेर विरोध गरेका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपाका हरि ढकालससहित अन्य सांसदहरुलाई बोल्न समय दिएका थिए। 

त्यसपछि नियमति कार्यसूचीमा प्रवेश गर्ने वित्तिकै रास्वपाका सांसदहरूले बेल घेराउ गर्दै नाराबाजी गरेका थिए। यता, राप्रपाका सांसदहरु भने बैठक बाहिस्कार गर्दैै बैठकबाट बाहिरिएका थिए। 

रास्वपा सांसदहरुले बेल घेराउन गरेपनि बैठक पनि चलिरहेको छ।
 

प्रकाशित मिति: १३:३५ बजे, बिहीबार, असार ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्