Kathmandu Press

निजामती विधेयकमा पर्खन प्रधानमन्त्रीको आग्रह

छलफलमा ओलीले निजामती विधेयकमा रहेको अवकाशको उमेर र अवकाशपछि निश्चित समय संवैधानिक वा अन्य नियुक्ति नपाउने प्रापधानप्रति चासो देखाएका थिए। 
निजामती विधेयकमा पर्खन प्रधानमन्त्रीको आग्रह
फाइल तस्बिर।

काठमाडौं, असार ५ : प्रधानमन्त्री केपी ओलीले निजामती विधेयक अगाडि बढाउने सम्बन्धमा केही समय पर्खिन आग्रह गरेका छन्। बुधबार भएको कांग्रेसका नेताहरूसँगको छलफलमा उनले यस्तो आग्रह गरेका हुन् । 

छलफलमा ओलीले निजामती विधेयकमा रहेको अवकाशको उमेर र अवकाशपछि निश्चित समय संवैधानिक वा अन्य नियुक्ति नपाउने प्रापधानप्रति चासो देखाएका थिए। 

राज्य व्यवस्था समितिले हाल ५८ वर्षमा अवकाश हुने रहेको प्रावधानलाई बदलेर ६० वर्ष पुर्‍याउने गरी विधेयक पास गरेर अगाडि बढाएको छ। अवकाश पाएपछि २ वर्षसम्म संवैधानिक वा अन्य नियुक्ति नपाउने प्रावधान समेटिएको छ। 

राजीनामा दिएका कर्मचारीको हकमा समेत यो प्रावधान लागू हुने गरी विधेयकको प्रतिवेदन तयार भएर सभामा पेस भइसकेको छ।

संसदीय समितिबाट सर्वसम्मत रुपमा पास भएर अगाडि बढेको विधेयक सभामा पुगेर अड्किँदा राम्रो सन्देश नजाने कांग्रेस नेताहरूको भनाइमा प्रधानमन्त्री ओलीले केही समय मात्रै पर्खिन भनेका छन्।

निजामती सेवा विधेयक असार १ गते नै प्रतिनिधिसभामा टेवल भइसकेको छ। 

प्रकाशित मिति: १२:२२ बजे, बिहीबार, असार ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्