Kathmandu Press

दुर्गम जिल्लाहरुमा ९ रुपैयाँमा नै नुन वितरण भइरहेको छ : उर्मिला श्रेष्ठ

बिहीबार बसेको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले नेपाल सरकारबाट दुर्गम जिल्लाहरुको लागि मात्र नुनको ढुवानी अनुदान दिएको बताएकी हुन्।
दुर्गम जिल्लाहरुमा ९ रुपैयाँमा नै नुन वितरण भइरहेको छ : उर्मिला श्रेष्ठ

काठमाडौं, असार ५ : साल्ट ट्रेडिङ कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले दुर्गम जिल्लाहरुमा नेपाल सरकारले ढुवानी अनुदानका कारण नुन नौ रुपैयाँमा नै वितरण गरिरहेको बताएकी छन्।

बिहीबार बसेको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले नेपाल सरकारबाट दुर्गम जिल्लाहरुको लागि मात्र नुनको ढुवानी अनुदान दिएको बताएकी हुन्।

Hardik ivf

‘हामीले ढिके नुन, सिधे नुन, आयो नुन, जनशक्ति नुन, भानु नुन नेपाल सरकारबाट ढुवानी अनुदान प्राप्त दुर्गम जिल्लाहरुको लागि मात्रै भनेर वितरण गरिरहेका छौ । दुर्गम जिल्लामा नेपाल सरकारले ढुवानी अनुदान दिएको अवस्थामा नुनको भाउ प्रतिकेजी नौ रुपैयाँ कायम गरिएको छ। बाँकी साल्ट ट्रेडिङकै क्षती भईरहेको छ,’ उनले भनिन्।

उनले नुनको गुणस्तर परिक्षणका लागि  भारत सरकारबाट तोकिएको मापदण्डमा प्रयोगशालाबाट परिक्षण गरी विक्री वितरण गर्ने गरिएको बताइन्। आजको बैठकमा नेपालमा आयोडिन भएको गुणस्तरयुक्त नुनको सहज, सुलभ आपूर्ति तथा वितरणका सम्बन्धमा छलफल गरिएको छ। 
 

प्रकाशित मिति: १२:१२ बजे, बिहीबार, असार ५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्