Kathmandu Press

टिकटकर रमा बस्नेतलाई ३ दिन थुनामा राख्न अनुमति

बस्नेतलाई टिकटकमा विरोध र आलोचनाका नाममा जथाभावी लाइभ गर्दै आएको आरोपमा पक्राउ गरी अनुसन्धान भइरहेको छ। 
टिकटकर रमा बस्नेतलाई ३ दिन थुनामा राख्न अनुमति

काठमाडौं, असार ४ : सामाजिक दुर्भावना फैलाएको आरोपमा सोमबार पक्राउ गरिएकी रास्वपा कार्यकर्ता एवम् टिकटकर रमा बस्नेतलाई जिल्ला अदालत काठमाडौंले ३ दिन थुनामा राख्न अनुमती दिएको छ। 

बस्नेतलाई प्रहरीको साइबर ब्यूरोले बुधबार जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि उपस्थित गराएको थियो। 

Hardik ivf

बस्नेतलाई टिकटकमा विरोध र आलोचनाका नाममा जथाभावी लाइभ गर्दै आएको आरोपमा पक्राउ गरी अनुसन्धान भइरहेको छ। 

खोटाङ घर भएकी उनलाई पक्राउपछि प्रहरी वृत्त दरबारमार्गमा राखिएको छ। 


 

प्रकाशित मिति: १९:३५ बजे, बुधबार, असार ४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्