Kathmandu Press

चण्डेश्वरी जात्रा स्थगित, क्षमापूजा गरिने

काठमाडौं, वैशाख २६ : कोरोना भाइरसको संक्रमण रोक्न गरिउको लकडाउनले गर्दा जात्रा तथा पर्वहरु पनि रोकिएका छन्। यसैमा काभ्रेको बनेपामा हुने चण्डेश्वरी जात....

चण्डेश्वरी जात्रा स्थगित, क्षमापूजा गरिने
फाइल फाेटाे

काठमाडौं, वैशाख २६ : कोरोना भाइरसको संक्रमण रोक्न गरिउको लकडाउनले गर्दा जात्रा तथा पर्वहरु पनि रोकिएका छन्। यसैमा काभ्रेको बनेपामा हुने चण्डेश्वरी जात्रा पनि स्थगित गरिएको छ।

बनेपा नगरपालिकाले चण्डेश्वरी जात्रा स्थगित गरेर पूजा मात्रै गर्नेण निर्णय गरेको छ। हरेक वर्ष चण्डी पूर्णिमाका दिन हुने चण्डेश्वरी जात्रा नगरी क्षमापूजा मात्र गरिने भएको छ।

बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्राको खाली रथ बुद्ध पूर्णिमाका दिन चण्डेश्वरीमाईको मन्दिरमा पु¥याई भोलिपल्ट चण्डेश्वरी मन्दिरबाट देउता राखेर फर्काइन्छ। वैशाख शुक्लचण्डी पूर्णिमाको दिन बनेपाका सात गाउँले मनाउने जात्रामा विभिन्न क्षेत्रका वासिन्दा पनि सहभागी हुन्छन्।

दुई दिन चल्ने जात्राको पहिलो दिन पूर्णिमाको बिहानैदेखि आराध्यदेवी चण्डेश्वरीमा भक्तजनहरुको भीड लाग्छ। चिराग बालेर बनेपाको लायकुबाट चण्डेश्वरी हुँदै जलेश्वरसम्म पुगेर बिर्सजन गरिन्छ। जात्रामा चिराग पूजालाइमःतपूजानामले चिनिन्छ। यो पूजाबाट जलेश्वर महादेवले मनको इच्छा पूरा गरिदिने जनविश्वास छ।

भोलिपल्ट चण्डश्वरीको मूर्ति राखेर बनेपा बजार घुमाइन्छ। मन्दिर प्रांगणमा पुगेपछि एक रात रथ त्यहीँ रहन्छ। जात्रा मुख्यरुपमा दुई दिन मात्र मनाईए पनि पूजा भने फागु पूर्णिमाको दिनदेखि सुरु हुन्छ।

जात्रा सकिएको भोलिपल्ट १२ बजेसम्म मात्र यो मन्दिर खुल्ला हुन्छ। त्यसपछि वर्ष भरिको लागि मन्दिर बन्द हुने गरेको छ।

 

प्रकाशित मिति: १३:०३ बजे, शुक्रबार, वैशाख २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्