Kathmandu Press

भिजिट भिसाबारे रास्वपाले भन्यो– २ हजार पीडित सम्पर्कमा आएका छन् 

२ हजार भन्दा धेरै पीडित नेपाली नागरिक रास्वपाको सम्पर्कमा आएको भन्दै प्रवक्ता मनिष झाले त्यसमध्ये केही आफ्नो दुःखको कथा र ठगिएको सम्बन्धित प्रमाण लिएर पार्टी कार्यालयमा आएको बताए। 
भिजिट भिसाबारे रास्वपाले भन्यो– २ हजार पीडित सम्पर्कमा आएका छन् 

काठमाडौं, असार ४ : राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री रमेश लेखकले संसद्को भिजिट भिसा प्रकरणका पीडितलाई धम्की दिएको भन्दै आपत्ति जनाएको छ। 

गृहमन्त्री लेखकले रास्वपाले नक्कली पीडितहरु खडा जाहेरी दर्ता गराई नियोजित ढंगले आफ्नो विरुद्ध षड्यन्त्र गरेको आरोप लगाएका थिए। 

Hardik ivf

२ हजार भन्दा धेरै पीडित नेपाली नागरिक रास्वपाको सम्पर्कमा आएको भन्दै प्रवक्ता मनिष झाले त्यसमध्ये केही आफ्नो दुःखको कथा र ठगिएको सम्बन्धित प्रमाण लिएर पार्टी कार्यालयमा आएको बताए। 

उनीहरूलाई सम्बन्धित सरकारी निकाय र संवैधानिक नियोगमा लगायतमा उजुरी दिन सुझाएका र, यो एक राजनीतिक दलले गर्ने स्वाभाविक व्यवहार र नियमित अभ्यास भएको उनले प्रष्ट्याए।  

‘भर्चुअल र फिजिकल माध्यमबाट २ हजार भन्दा धेरै पीडित नेपाली नागरिक सम्पर्कमा आउनुभयो। त्यसमध्ये केही आफ्नो दुःखको कथा र ठगिएको सम्बन्धित प्रमाण लिएर पार्टी कार्यालयमा आउनुभयो,’ उनले भने, ‘हामीले वहाँहरूलाई सम्बन्धित सरकारी निकाय र संवैधानिक नियोगमा लगायतमा उजुरी दिन सुझाएका हौं। र, यो एक राजनीतिक दलले गर्ने स्वाभाविक व्यवहार र नियमित अभ्यास हो,’ उनले भने।

रास्वपा केन्द्रीय सदस्य तथा सांसद सुमना श्रेष्ठको निर्देशन भनेर उल्लेख गर्दै नक्कली उजुरी दिन लगाएको भन्ने समाचारले पार्टीको ध्यानाकर्षण गराएको समेत उनले बताए।  

‘रास्वपाले यसलाई विषयान्तर गर्न तथा संसद्को रोष्ट्रमबाट नै गृहमन्त्रीले पीडितलाई दिएको धम्कीको नियोजित शृङ्खला मानेको छ। सासंद सुमना श्रेष्ठले निर्देशन दिएको भनेर आएको समाचार गलत छ। यस प्रकारको ब्यबहार राष्ट्रिय स्वतन्त्र पार्टीले प्रोत्साहन गर्दैन,’ उनले भने। 

प्रकाशित मिति: १९:०५ बजे, बुधबार, असार ४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्