सिंहदरबारमा उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक
प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकमा आयोग गठनको उद्देश्य, कार्यक्षेत्र निर्धारण र प्राथमिकताका कार्यसूचीबारे छलफल भएको जनाइएको छ।
काठमाडौं, असार ४ : सिंहदरबारमा उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक बसेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा पहिलोपल्ट आयोगको बैठक बसेको हो।
प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकमा आयोग गठनको उद्देश्य, कार्यक्षेत्र निर्धारण र प्राथमिकताका कार्यसूचीबारे छलफल भएको जनाइएको छ।
आयोगमा राजनीतिक दल, विज्ञ र निजी क्षेत्रका प्रतिनिधिको मनोनयन गर्ने बिषयमा पनि छलफल भएको थियो।
अर्को बैठक आगामी हप्ता बस्ने गरी बुधबारको बैठक सकिएको छ । मन्त्रिपरिषद्को बैठकको निर्णय अनुरुप गत वैशाख ८ गते प्रधानमन्त्री ओलीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोग गठन गरिएको थियो। आयोगमा १५ सदस्य छन्।
बुधबारको बैठकमा प्रधानमन्त्रीका अतिरिक्त उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसिया, सामान्य प्रशासन तथा सङ्घीय मामिलामन्त्री राजकुमार गुप्तालगायतको सहभागिता थियो।
