Kathmandu Press

प्रधानमन्त्री ओलीले असार १६ गतेबाट स्पेन भ्रमण गर्ने

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओली असार १६ देखि २१ गतेसम्म स्पेनको औपचारिक भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको गठन गर्ने निर्णय गरेको छ। 
प्रधानमन्त्री ओलीले असार १६ गतेबाट स्पेन भ्रमण गर्ने

काठमाडौं, असार ४ : प्रधानमन्त्री केपी शर्मा ओली असार १६ गते स्पेन भ्रमणमा जाने भएका छन्। 

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओली असार १६ देखि २१ गतेसम्म स्पेनको औपचारिक भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको गठन गर्ने निर्णय गरेको छ। 

Hardik ivf

मन्त्रिपरिषद बैठकले वैदेशिक रोजगार न्यायाधीकरणको अध्यक्ष पदमा उच्च अदालत पाटन अन्तर्गत हेटौंडा इजलासका न्यायाधीश डा.शान्ता सेढाईलाई तोक्ने निर्णय पनि गरेको छ। 

यस्तै, सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ठाडा मगरलाई सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्त गरी पदस्थापन गर्नेलगायतका निर्णय सार्वजनिक गरिएको छ। 
 

प्रकाशित मिति: १५:५५ बजे, बुधबार, असार ४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्