Kathmandu Press

मेयर बालेनले बोलाएको समितिको बैठक रद्द

मेयर साहले समितिको सदस्य सचिवसमेत रहेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई खबर नगरी बैठक डाकेको भन्दै रद्द गरिएको हो।
मेयर बालेनले बोलाएको समितिको बैठक रद्द

काठमाडौं, असार ४ : काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आजका लागि बोलाएको बैठक रद्द गरिएको छ। 

मेयर बालेनले ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’को बैठक डाकेका थिए। 

Hardik ivf

मेयर साहले समितिको सदस्य सचिवसमेत रहेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई खबर नगरी बैठक डाकेको भन्दै रद्द गरिएको हो। 

साहले प्रशासनका अन्य कर्मचारीलाई प्रस्ताव तयार पार्न लगाएर बिहान ११ बजेका लागि बैठक डाकेका थिए । समितिका सदस्यहरुले बैधानिकताको प्रश्न उठाएपछि मेयरको सचिवालयबाटै स्थगित गरिएको जनाइएको छ । अर्को बैठकबारे कुनै टुंगो लागेको छैन। 

मेयर साह संयोजक रहेको समितिको बैठक बस्न नसकेपछि महानगरमा बजेटबारे अन्योल सिर्जना भएको छ। असार १० गतेभित्र बजेट लइसक्नुपर्ने बाध्यता छ। 

मेयर साह र प्रमुख प्रशासकीय अधिकृत गुरागाईँबीच मनमुटाव हुँदा महानगरको कार्यपालिका र नगर सभा समेत अनिश्चित बनेको छ।

 

 

प्रकाशित मिति: १५:०७ बजे, बुधबार, असार ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्