ओली, देउवा र प्रचण्डबीच भेट हुँदै
प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ताको तयारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
काठमाडौं, असार ४ : सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलका तीन शीर्ष नेताहरूबीच आज भेटवार्ता तय भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ताको तयारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
दिउँसो ३ बजे सिंहदरबारमा भेटघाट तय भएको छ । भेटमा समसामयिक विषयमा छलफल हुनेछ।
प्रकाशित मिति: १४:५१ बजे, बुधबार, असार ४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार