Kathmandu Press

१ किलो सुनसहित विमानस्थलमा भारतीय महिला पक्राउ

प्रहरीले एक किलोबढी सुनसहित मंगलबार राति भारतीय नागरिक ५३ वर्षीया मीना सुर्जित सिंहलाई पक्राउ गरेको हो। 
१ किलो सुनसहित विमानस्थलमा भारतीय महिला पक्राउ

काठमाडौं, असार ४ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। 

प्रहरीले एक किलोबढी सुनसहित मंगलबार राति भारतीय नागरिक ५३ वर्षीया मीना सुर्जित सिंहलाई पक्राउ गरेको हो। 

प्रहरीले उनलाई विमानस्थलको आगमन भन्सार एरियाको टनेलबाट  १ किलो १५९ सुनसहित पक्राउ गरेको हो। 

उनी एयर अरेबियाको उडानमार्फत शारजाहबाट काठमाडौं आएको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १३:२९ बजे, बुधबार, असार ४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्