Kathmandu Press

कम्बोडियामा पक्राउ परेका मितेरी सहकारीका अध्यक्ष भण्डारीलाई काठमाडौं ल्याइँदै

उनी सहकारीको रकम हिनामिना गरी फरारा थिए। त्यसपछि प्रहरीले उनलाई पक्राउ गर्न इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरेको थियो। 
कम्बोडियामा पक्राउ परेका मितेरी सहकारीका अध्यक्ष भण्डारीलाई काठमाडौं ल्याइँदै

काठमाडौं, असार ४ : मंगलबार कम्बोडियामा पक्राउ परेका मितेरी सहकारीका अध्यक्ष ज्योतिबहादुर भण्डारीलाई आज काठमाडौं ल्याइँदै छ।  

उनी सहकारीको रकम हिनामिना गरी फरारा थिए। त्यसपछि प्रहरीले उनलाई पक्राउ गर्न इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरेको थियो। 

भण्डारीसँगै ज्योति गुरुङसमेत फरार छन्। गुरुङ अमेरिका रहेको आशंका गरिएको छ। 

ललितपुरस्थित मितेरी सहकारीको १४ करोड रुपैयाँ अपचलन गरेको आरोप उनीहरुविरुद्ध छ। 

प्रकाशित मिति: ११:२३ बजे, बुधबार, असार ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्