Kathmandu Press

धरौटीमा रिहा भएपछि रविन्द्र मिश्र भन्छन्– नेपालको न्याय प्रणालीमाथि दृढ विश्वास जागेको छ

‘राज्यले जुन किसिमको आरोप हामी माथि लगायो र हामीलाई दोषि करार गर्नको लागि जसरी राज्य पक्षबाट विभिन्न किसिमका आरोप लगाइयो त्यो दुखद थियो तर अदालतले न्याय दिएकोमा म खुसि छु,’ उनले भने।
धरौटीमा रिहा भएपछि रविन्द्र मिश्र भन्छन्– नेपालको न्याय प्रणालीमाथि दृढ विश्वास जागेको छ

काठमाडौं, असार ३ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले नेपालको न्याय प्रणालीमाथि दृढ विश्वास जागेको बताएका छन्। 

मंगलबार तीन लाख रुपैयाँ धरौटीमा छुटे पश्चात उनले धरौटीमा छोड्ने अदालतको फैसलाले नेपालको न्याय प्रणालीमाथि दृढ विश्वास जागेको बताए। 

Hardik ivf

‘अदालतले न्याय दिएकोमा राज्यले अन्याय गर्दा पनि अहिलेको अवस्थामा अदालत न्याय दिन सक्षम रहेछ र अदालतले आफ्नो विवेक प्रयोग गर्ने ठाँउमा विवेक प्रयोग गर्ने रहेछ भन्ने कुराले नेपालको न्याय प्रणालीमाथि दृढ विश्वास यसले जगाइ दिएको छ,’ उनले भने।

यस्तै, उनले राज्यले जसरी आरोप लगाएको थियो त्यो दुखद भएपनि अदालतले न्याय दिएकोमा खुसी लागेकाे बताए। 

‘राज्यले जुन किसिमको आरोप हामी माथि लगायो र हामीलाई दोषि करार गर्नको लागि जसरी राज्य पक्षबाट विभिन्न किसिमका आरोप लगाइयो त्यो दुखद थियो तर अदालतले न्याय दिएकोमा म खुसि छु,’ उनले भने।

काठमाडौंको तीनकुनेमा चैत १५ गते राजावादीले गरेको आन्दोलन हिंसात्मक भएपछि मिश्र पक्राउ परेका थिए । मिश्रमाथि राज्यविरुद्धको कसूर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसूरमा मुद्दा दर्ता भएको थियो।

मिश्रसँगै पक्राउ परेका राप्रपाका महामन्त्री धवलशमशेर राणा भने हिजो बेलुका तीन लाख रुपैयाँ धरौटी बुझाएर रिहा भइसकेका छन्।

प्रकाशित मिति: २०:५९ बजे, मंगलबार, असार ३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्