Kathmandu Press

आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध न्याय परिषदमा उजुरी

रौतहट बम काण्डमा मारिएका त्रिलोकप्रताप सिंह (पिन्टु) का बाबु श्रीनारायण सिंह राजपुतले न्यायाधीशलाई कारबाहीको माग गर्दै न्यायपरिषद्मा उजुरी दिएका हुन्। 
आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध न्याय परिषदमा उजुरी

काठमाडौं, असार ३ : पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध पीडितले न्याय परिषद्मा उजुरी दिएका छन्। 

रौतहट बम काण्डमा मारिएका त्रिलोकप्रताप सिंह (पिन्टु) का बाबु श्रीनारायण सिंह राजपुतले न्यायाधीशलाई कारबाहीको माग गर्दै न्यायपरिषद्मा उजुरी दिएका हुन्। 

Hardik ivf

उजुरीमा उच्च अदालत वीरगञ्जका न्यायाधीशद्वय डा.खुसीप्रसाद थारु र अर्जुन महर्जनको आचरणमाथि प्रश्न उठाइएको छ। 

न्यायाधीशमाथि छानविन र कारबाहीको माग गरिएको छ। गत जेठ १४ गते न्यायाधीशद्वय थारु र महर्जनको संयुक्त इजलासले जिल्लाको फैसला उल्ट्याउँदै आलमलाई सफाई दिने फैसला सुनाएको थियो । त्यसपछि उनी कैदमुक्त भएका थिए। 

प्रकाशित मिति: २०:२० बजे, मंगलबार, असार ३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्