Kathmandu Press

युनुस अन्सारीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज 

उच्च अदालतका न्यायाधीशद्धय ऋषि राजभण्डारी र कविप्रसाद न्यौपानेको इजलासले मंगलबार अन्सारीको रिट खारेज गरेपछि प्रहरी हिरासतमै रहने भएका हुन्। 
युनुस अन्सारीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज 

काठमाडौं, असार ३ : प्रहरी हिरासतमा रहेका युनुस अन्सारीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज भएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतमा रहेका अन्सारीले शुक्रबार उच्च अदालत पाटनमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। 

Hardik ivf

उच्च अदालतका न्यायाधीशद्धय ऋषि राजभण्डारी र कविप्रसाद न्यौपानेको इजलासले मंगलबार अन्सारीको रिट खारेज गरेपछि प्रहरी हिरासतमै रहने भएका हुन्। 

सीआईबीले अन्सारीलाई अदालतमा उपस्थित गराएको थियो। रिटमा सुनुवाइ सकिएपछि अन्सारीको रिट खारेज गरिएको छ। 

नक्कली भारतीग मुद्रा कारोबार अभियोगमा कैद भुक्तान गरेर गत १० जेठमा नख्खु कारागारबाट छुटेलगत्तै अन्सारीलाई सीआईबीले पक्राउ गरेको थियो। अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गर्न प्रहरीले नियन्त्रणमा लिएको थियो। 

अन्सारी २०७६ जेठ १० गते पक्राउ परेका थिए । अन्सारीबाट ७ करोड ७६ लाख नक्कली भारु नोट बरामद भएको थियो। उक्त प्रकरणमा अन्सारीलाई अदालतबाट ६ वर्ष कैद ६० हजार रुपैयाँ जरिवाना र १३ सय रुपैयाँ क्षतिपूर्तिको सजाय भएको थियो।

प्रकाशित मिति: १९:२९ बजे, मंगलबार, असार ३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्