रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा छाड्न आदेश, लगत्तै बुझाए धरौटी
काठमाडौं जिल्ला अदालतकी न्यायाधीश तारादेवी महर्जनको इजलासले उनलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको थियो।काठमाडौं, जेठ २१ : तीनकुने घटनाका आरोपी रवीन्द्र मिश्र अदालतले मागेको ३ लाख धरौटी बुझाएका छन्।
काठमाडौं जिल्ला अदालतकी न्यायाधीश तारादेवी महर्जनको इजलासले उनलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको थियो।
राप्रपाका वरिष्ठ उपाध्यक्ष समेत रहेका मिश्रले आदेशलगत्तै मिश्र धरौटी रकम बुझाएर अदालतबाट बाहिरिएका हुन्।
उनी विहान आफैं अदालतमा उपस्थित भएका थिए। मिश्रविरुद्ध यही जेठ ११ गते राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन माग दाबीसहित मुद्दा दर्ता भएको थियो।
चैत १५ गते घटेको हिंसात्मक घटनाका कमाण्डर दुर्गा प्रसाईंलाई भने जिल्ला अदालतले थुनामा पठाउन आदेश दिएको थियो।
प्रकाशित मिति: १९:२० बजे, मंगलबार, असार ३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार