मितेरी सहकारीका अध्यक्ष भण्डारी कम्बोडियामा पक्राउ
भण्डारी सहकारीको रकम ठगी गरेर फरार भएको जाहेरीका आधारमा इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो।
काठमाडौं, असार ३ : इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेका मितेरी सहकारीका अध्यक्ष ज्योतिबहादुर भण्डारी कम्बोडियामा पक्राउ परेका छन्।
भण्डारीलाई कम्बोडिया प्रहरीले पक्राउ गरेको हो। भण्डारी सहकारीको रकम ठगी गरेर फरार भएको जाहेरीका आधारमा इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो।
भण्डारीसँग ज्योति गुरुङसमेत फरार छन्। गुरुङ अमेरिका रहेको आशंका गरिएको छ।
ललितपुरस्थित मितेरी सहकारीको १४ करोड रुपैयाँ अपचलन गरेको आरोप उनीहरुविरुद्ध छ । पक्राउ परेका भण्डारीलाई कम्बोडियाबाट नेपाल ल्याउने तयारी भएको छ।
प्रकाशित मिति: १८:२७ बजे, मंगलबार, असार ३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1791359764.jpg)