Kathmandu Press

महानगरका प्रहरी प्रमुख पाण्डेको रिटमा उच्चले दुवै पक्षलाई छलफलमा बोलायो

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गरेको निलम्बनविरुद्ध पाण्डे उच्च अदालत पुगेका हुन्।
महानगरका प्रहरी प्रमुख पाण्डेको रिटमा उच्चले दुवै पक्षलाई छलफलमा बोलायो

काठमाडौं, असार ३ : काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख राजु पाण्डेले निलम्बनविरुद्ध दिएको एक रिटमा उच्च अदालत पाटनले बुधबार अन्तरिम आदेशमा छलफलका लागि बोलाएको छ । 
 
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गरेको निलम्बनविरुद्ध पाण्डे उच्च अदालत पुगेका हुन्। 

गुरागाईं विदा सकेर कार्यालय फर्किंदै गर्दा माथिको आदेश भन्दै पाण्डेले कार्यकक्षमा ताला लगाइदिएपछि विवादको रुप लिएको थियो। 

Hardik ivf

ताला फोडेर कार्यकक्षमा प्रवश गरेका गुरागाईंले गत जेठ २० गते प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले पाण्डेलाई ६ महिनाका लागि निलम्बित गरेका थिए।

पाण्डेले प्रमुख कार्यकारी अधिकृत गुरागाईंबाट भएको निलम्बन बदरको माग गरेका छन्। उनीमाथिको कारवाही रोक्ने वा नरोक्ने बिषयमा दुई पक्षीय छलफलपछि मात्र टुंगो लाग्ने भएको छ।  

प्रकाशित मिति: १८:१३ बजे, मंगलबार, असार ३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्