Kathmandu Press

मेयर बालेनले बुधबारका लागि डाके समितिको बैठक

मेयर शाह आफैं संयोजक रहेको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक ११ बजे बस्नेगरी मेयर बालेनले बैठक बोलाएका हुन्। 
मेयर बालेनले बुधबारका लागि डाके समितिको बैठक

काठमाडौं, असार ३ : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कार्यपालिका सदस्य र नगर सभा सदस्यहरूको बैठक डाकेका छन्। भोलि बुधबारका लागि बैठक डाकिएको हो।

मेयर शाह आफैं संयोजक रहेको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक ११ बजे बस्नेगरी मेयर बालेनले बैठक बोलाएका हुन्। 

उक्त समितिको सदस्यमा उपप्रमुख डंगोल पनि छन्। समितिका सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ छन्। 

स्रोत अनुमान तथा बजेट समितिको बैठक बस्न नसकेपछि बजेटमा समस्या उत्पन्न भएको छ । महानगर कार्यपालिका बैठक ७ महिनादेखि बस्न सकेको छैन।
 
प्रकाशित मिति: १७:५७ बजे, मंगलबार, असार ३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्