Kathmandu Press

धरान उपमहानगरको कार्यालयमा तनाव

शुरुमा मेयर साम्पाङका समर्थकहरूले उपमेयरमाथि हुलहुज्ज्त गर्न खोजेपछि तनावको अवस्था आएको हो।
धरान उपमहानगरको कार्यालयमा तनाव

सुनसरी, असार ३ : नगर प्रमुख हर्क साम्पाङका समर्थक र उपप्रमुख अइन्द्रविक्रम बेघाका समर्थकबीच कार्यालय परिसरमा हात हालाहाल र एकअर्काविरुद्ध नाराबाजी भएको छ। 

शुरुमा मेयर साम्पाङका समर्थकहरूले उपमेयरमाथि हुलहुज्ज्त गर्न खोजेपछि तनावको अवस्था आएको हो। त्यसपछि उपमेयर बेघाका समर्थक उपमहानगर परिसरमा भेला भएर नाराबाजी गरिरहेका छन्। 

Hardik ivf

अहिले नगर परिसर तनावग्रस्त बनेको छ। मेयर साम्पाङका समर्थकले सोमबार पनि उपमेयर बेघामाथि हातपात प्रयास गरेका थिए। 

उपमेयर बेघाले श्रमदानको पैसा भुक्तानी रोकेको भन्दै मेयरले आफ्ना समर्थकहरूलाई कार्यालयमा डाकेर हुलहुज्जत गरेपछि उपमेयर बेघाले पनि माओवादी कार्यकर्ता डाकेको जनाइएको छ। 

मेयर साम्पाङमाथि आफू नजिकका मान्छेलाई उपभोक्ता समितिमा राखेर नगरबाट पैसा भुक्तानी गराउन खोजेको आरोप लगाइएको छ। 

श्रमदानबाट पहिल्यै भइसकेको काममा पछि समिति बनाएर बिल र फाइल पेस गरी नगरबाट भुक्तानी दिन खोजिएको दाबी उपमेयर पक्षको छ। 

मेयर साम्पाङले भने श्रमदानको पनि भुक्तानी नगरबाट हुने भन्दै उपमेयरले एकतर्फी रुपमा रोकेको दाबी गरेका छन्। 

प्रकाशित मिति: १७:०४ बजे, मंगलबार, असार ३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्