Kathmandu Press

कांग्रेस केन्द्रीय समितिको बैठक भोलि बस्ने

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, सरकारको समीक्षा, संसदको अवरोध, पार्टीको आन्तरिक कामकारबाही लगायत विषयमा छलफल हुने जनाइएको छ।
कांग्रेस केन्द्रीय समितिको बैठक भोलि बस्ने
फाइल तस्बिर।

काठमाडौं, असार ३ : नेपाली कांग्रेसले बुधबारका लागि केन्द्रीय समितिको बैठक डाकेको छ। 

बिहान साढे ८ बजे बस्ने गरी बैठक डाकिएको हो। 

केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यलाई बैठकका लागि डाकिएको छ। 

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, सरकारको समीक्षा, संसदको अवरोध, पार्टीको आन्तरिक कामकारबाही लगायत विषयमा छलफल हुने जनाइएको छ।

प्रकाशित मिति: १५:४५ बजे, मंगलबार, असार ३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्