Kathmandu Press

संसदको अवरोध हटाउन प्रमुख पाँच दलसँग सभामुखले चलाए छलफल

सभामुख घिमिरेले अवरोध खुलाउने विषयमा गृहमन्त्री रमेश लेखक, सत्तापक्षका मुख्य सचेतक बर्तौला र रास्वपा प्रमुख सचेतक परियारसँग पनि अलग अलग छलफल गरेपछि प्रमुख पाँच दलसँग अर्को छलफल गरेका हुन्। 
संसदको अवरोध हटाउन प्रमुख पाँच दलसँग सभामुखले चलाए छलफल
गृहमन्त्री रमेश लेखकसँग छलफल गर्दै सभामुख देवराज घिमिरे।
Hardik ivf

काठमाडौं, असार ३ : रास्वपाले संसद् अवरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले प्रमुख पाँच दलसँग छलफल गरेका छन्। 

सभामुख घिमिरेले अवरोध खुलाउने विषयमा गृहमन्त्री रमेश लेखक, सत्तापक्षका मुख्य सचेतक बर्तौला र रास्वपा प्रमुख सचेतक परियारसँग पनि अलग अलग छलफल गरेपछि प्रमुख पाँच दलसँग अर्को छलफल गरेका हुन्। 

छलफलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा राना, एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही रहेका छन्। 
 

प्रकाशित मिति: १६:०६ बजे, मंगलबार, असार ३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्