३१ दिन पैदल यात्रा गरेर काठमाडौं आएका बोहोराले प्रधानमन्त्री भेट्न पाएनन्
सुर्खेतबाट खाली खुट्टा पैदल यात्रा गरी मंगलबार काठमाडौं आएका बोहरा प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटार पुगेका थिए। त्यहाँ उनलाई प्रहरीले रहेको थियो। केहीबेर रोकेर उनलाई प्रहरीले प्रधानमन्त्रीलाई भेट्नै नदिइ फर्काइदिएको थियो।-1750153412.jpg)
काठमाडौं, असार ३ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न ३१ दिन हिँडेर काठमाडौं आइपुगेका सुर्खेतका नवराज बोहोराले प्रधानमन्त्रीलाई भेट्न पाएनन्
सुर्खेतबाट खाली खुट्टा पैदल यात्रा गरी मंगलबार काठमाडौं आएका बोहरा प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटार पुगेका थिए। त्यहाँ उनलाई प्रहरीले रहेको थियो। केहीबेर रोकेर उनलाई प्रहरीले प्रधानमन्त्रीलाई भेट्नै नदिइ फर्काइदिएको थियो।
त्यसपछि उनी सिंहदरबारस्थित प्रधानमन्त्री एवम मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए । त्यहाँ पनि उनले प्रधानमन्त्री ओलीलाई भेट्न पाएनन्। सिंहदरबारमा संचारकर्मीसँग बोल्न खोजेका बोहोरालाई प्रहरीले अवरोध गरेको थियो।
त्यसपछि उनले मुख्यसचिव एकनारायण अर्याललाई भेटेर आफ्ना मुद्दाबारे जानकारी गराएका थिए।
अनियमितता र भ्रष्ट्राचारविरुद्ध खाली खुट्टा पैदल अभियान र कर्णालीको मुद्दा लिएर उनी जेठ ४ गते सुर्खेतबाट हिँडेका थिए।
उनी कर्णालीका मुद्दाहरु एवम अनियमितता र भ्रष्ट्राचारका विषयहरु लिएर काठमाडौं आएका हुन्।