Kathmandu Press

प्रतिनिधिसभा बैठक आधाघण्टाका लागि स्थगित

बैठक १ बजेका लागि बोलाइएको भएपनि केही ढिला सुरु भएको बैठकको सुरुआतदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले नाराबाजी गरेका थिए। 
प्रतिनिधिसभा बैठक आधाघण्टाका लागि स्थगित

काठमाडौं, असार ३ : प्रतिनिधिसभाको बैठक करिब ८ मिनेट बसेर स्थागित भएको थियो। 

बैठक १ बजेका लागि बोलाइएको भएपनि केही ढिला सुरु भएको बैठकको सुरुआतदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले नाराबाजी गरेका थिए। 

त्यसपछि सभामुख देवराज घिमिरेले रास्वापा सांसद डा. चन्दा कार्कीलाई बोल्न समय दिएका थिए। त्यसपछि रास्वापा सांसदहरुले नाराबजी गर्दै बेल घेरेका थिए। 

नाराबाजीकै बीच सभामुखले कांग्रेस प्रमुख सचेतक  श्याम घिमिरेलाई बोल्न समय दिएका थिए। उनी बोलिसक्ने वित्तिकै सभामुखले आधाघण्टाका लागि बैठक स्थागित गरेका थिए।
 
प्रकाशित मिति: १४:३३ बजे, मंगलबार, असार ३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्