Kathmandu Press

राप्रपा नेता मिश्रको अदालतमा बयान सुरु 

चैत १५ गतेको तीनकुने हिंसात्मक घटना प्रकरणका अभियुक्त मिश्रको बयान न्यायाधीश तारादेवी महर्जनको इजलासमा सुरु भएको हो। 
राप्रपा नेता मिश्रको अदालतमा बयान सुरु 

काठमाडौं, असार ३ : जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रको बयान सुरु भएको छ।

चैत १५ गतेको तीनकुने हिंसात्मक घटना प्रकरणका अभियुक्त मिश्रको बयान न्यायाधीश तारादेवी महर्जनको इजलासमा सुरु भएको हो। 

Hardik ivf

मिश्र मंगलबार मात्रै अदालतमा उपस्थित भएका थिए । मिश्र विरुद्ध राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदावी लिएर अदालतमा मुद्दा दर्ता गरिएको हो। 

थुनामा रहेका मिश्र सर्वोच्चको आदेशअनुसार कानुनव्यवसायीको रोहवरमा रिहा भएका थिए। बयान सकिएपछ आजै अदालतमा थुनछेक वहश शुरु गर्ने तयारी भइरहेको छ। 

तीनकुने हिंसात्मक घटना प्रकरणमा मुद्दा चलाइएका सात जना पुर्पक्षको लागि थुनामा गइसकेका छन्। 

प्रकाशित मिति: १३:१८ बजे, मंगलबार, असार ३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्