Kathmandu Press

सांसद सिंहविरुद्धको गाली बेइज्जती मुद्दामा अदालतले झिकायो अडियो–भिडियो 

परराष्ट्रमन्त्री डा.राणाले सिंहविरुद्ध दिएको गाली बेइज्जती मुद्दामा अदालतबाट उक्त आदेश भएको हो। 
सांसद सिंहविरुद्धको गाली बेइज्जती मुद्दामा अदालतले झिकायो अडियो–भिडियो 

काठमाडौं, असार २ : जिल्ला अदालत काठमाडौंले सोमबार परराष्ट्रमन्त्री डा.आरजु राणालाई सांसद डा.अमरेशकुमार सिंहले गाली बेइज्जती गरेको एक मुद्दामा अडियो–भिडियो मगाउने आदेश दिएको छ। 

जिल्ला न्यायाधीश बालकृष्ण वाग्लेको इजलासले उक्त आदेश दिएको हो। परराष्ट्रमन्त्री डा.राणाले सिंहविरुद्ध दिएको गाली बेइज्जती मुद्दामा अदालतबाट उक्त आदेश भएको हो। 

यसअघि पनि अदालतले सिंहले गाली बेज्जती गरेको अडियो र भिडियो सुनेर स्पष्टिकरण पेश गर्न आदेश दिएको थियो। सिंहले आदेश अनुसार अदालतमा स्पष्टीकरण दिएका छन्। 

अडियो भिडियो अदालतमा पेश भएपछि सिंहविरुद्धको गालीबेइज्जती मुद्दामा अन्तिम सुनुवाई हुने भएको छ । सिंहविरुद्ध गत फागुन १५ गते जिल्ला अदालत काठमाडौंमा गाली बेज्जतीको मुद्दा दर्ता भएको थियो। 
 

प्रकाशित मिति: २०:४५ बजे, सोमबार, असार २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्