Kathmandu Press

धवलशमशेरलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश

राप्रपा सांसद तथा महामन्त्री राणालाई गत चैत १५ गते काठमाडौंको तीनकुनेमा घटाइएको हिंसात्मक घटनामा अभियुक्त बनाएर मुद्दा चलाइएको थियो। 
धवलशमशेरलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं, असार २ : काठमाडौं जिल्ला अदालतले राप्रपा नेता धवलशमशेर राणालाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ। 

काठमाडौं जिल्ला न्यायाधीश शिवप्रसाद खनालको इजलासले आइतबार राणालाई धरौटीमा छाड्न आदेश दिएको हो। 

Hardik ivf

राप्रपा सांसद तथा महामन्त्री राणालाई गत चैत १५ गते काठमाडौंको तीनकुनेमा घटाइएको हिंसात्मक घटनामा अभियुक्त बनाएर मुद्दा चलाइएको थियो। 

राणा सोमबार अदालतमा उपस्थित भएका थिए। थुनछेक बहस सुरु भएलगत्तै भएको सुनुवाईपछि अदालतले धरौटी रकम मागेको हो। 

हिंसात्मक आन्दोलनमा सहभागी राणालाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा लगाइएको छ। यसअघि प्रहरीले अनुसन्धान पूरा गरेपछि राणालाई उपचारका लागि हाजिर जमानीमा छाडेको थियो। 

प्रकाशित मिति: १९:४३ बजे, सोमबार, असार २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्