पत्रकार पाठकलाई पक्राउ नगर्न अल्पकालीन आदेश
अल्पकालिन अन्तरिम आदेशले निरन्तरता पाउने वा नपाउने बिषयमा छलफलका लागि अदालतले असार ५ गते पक्षविपक्षलाई उच्च अदालतमा बोलाएको छ।
काठमाडौं, असार २ : उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकलाई तत्कालका लागि पक्राउ नगर्न प्रहरीलाई अल्पकालीन अन्तरिम आदेश दिएको छ।
उच्च अदालतका न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलासले सोमबार उक्त आदेश दिएको हो। पाठकले दिएको निषेधाज्ञाको निवेदनमा सुनुवाइपछि अल्पकालिन अन्तरिम आदेश जारी भएको हो।
अल्पकालिन अन्तरिम आदेशले निरन्तरता पाउने वा नपाउने बिषयमा छलफलका लागि अदालतले असार ५ गते पक्षविपक्षलाई उच्च अदालतमा बोलाएको छ। अदालतले जवाफ दिनका लागि अदालतले विपक्षीलाई १५ दिनको म्याद समेत दिएको छ।
न्यायाधीश राजभण्डारीको इजलासले जारी गरेको आदेशमा उल्लेख छ, ‘निवेदकले अन्तरिम आदेशसमेत माग गरेको सन्दर्भमा विचार गर्दा दुवै पक्षलाई छलफलमा सहभागी गराई दुवैको कुराहरू सुनी अन्तरिम आदेश जारी गर्न पर्ने वा नपर्ने सम्बन्धमा आदेश गर्न उपयुक्त देखिँदा मिति २०८२।०३।०५ गतेलाई छलफलको मिति तोकी सो अवधिसम्म निवेदनको गम्भीरतालाई विचार गरी यी निवेदक दिलभूषण पाठकलाई कानुनबमोजिम बाहेक धरपकड नगर्नू, नगराउनू भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) (क) बमोजिम विपक्षीहरूका नाउँमा अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ। प्रस्तुत आदेशको जानकारी छिटो माध्यमद्वारा विपक्षीहरूलाई दिनुहोला।’