Kathmandu Press

संसारभर सर्वाधिक खोजी हुने गायिकाको सूचिमा नेहा कक्कड

काठमाडौं, वैशाख २६ : भारतीय गायिका नेहा कक्कड  संसारमा सर्वाधिक खोजी हुने गायिकाको सूचिको दोस्रो स्थानमा परेकी छन्।

संसारभर युट्युबमा स....

संसारभर सर्वाधिक खोजी हुने गायिकाको सूचिमा नेहा कक्कड

काठमाडौं, वैशाख २६ : भारतीय गायिका नेहा कक्कड  संसारमा सर्वाधिक खोजी हुने गायिकाको सूचिको दोस्रो स्थानमा परेकी छन्।

संसारभर युट्युबमा सबैभन्दा धेरै सर्च गरिने फिमेल आर्टिस्टमा नेहा दोस्रो नम्बरमा परेकी हुन्। उनले यसमा खुशी जनाउँदै इन्स्टाग्राममार्फत आफ्ना फ्यानलाई धन्यवाद दिएकी छिन्।

Hardik ivf

यो सूचिमा नेहाभन्दा अगाडि अमेरिकन र्‍यापर कार्डी बी छिन्। हालै गरिएको सर्वेक्षणअनुसार कार्डी बीलाई चार अर्ब ८० करोड दर्शकले युट्युबमा सर्च गरेका छन्।

त्यस्तै, नेहालाई चार अर्ब ५० करोड दर्शकले खोजेका छन्। यस सर्वेक्षणसँगै नेहाले विश्व चर्चित थुप्रै व्यक्तिलाई उछिनेकी छिन्। यो सूचीमा अन्य भारतीय महिला कलाकार परेका छैनन्।

उनले अमेरिकन सिंगर अरिना ग्रान्डी, ब्राजिलियन सिंगर मरिलिया मेन्डोन्का, कोलम्बियन सिंगर करोल जी, साउथ कोरियन गर्ल ग्रुप ब्ल्याक पिंकलगायत ठूला स्टारलाई पछाडि पारेकी हुन्।

सांगिति क्षेत्रमा राम्रो स्थान बनाउन सफल रहेकी उनी अहिले इन्डियन आइडलकी जज छिन्। उनी इन्डियन आइडल सिजन–६ बाट सांगीतिक क्षेत्रमा उदाएकी हुन्। उनका आवाजमा रहेका थुप्रै गीतहरु चर्चित बनेका छन्।

 

प्रकाशित मिति: १०:४६ बजे, शुक्रबार, वैशाख २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्