Kathmandu Press

कलंकीमा स्कुलको माइक्रो भ्यान दुर्घटना हुँदा विद्यार्थीको मृत्यु, सातजना घाइते  

सोमबार दिउँसो काठमाडौँ महानगरपालिका–१४ स्थित इडिफाइ इन्टरनेसनल स्कुलको कम्पाउन्डभित्र विद्युतीय माइक्रो भ्यान स्कुलकै गेटको पिलरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। 
कलंकीमा स्कुलको माइक्रो भ्यान दुर्घटना हुँदा विद्यार्थीको मृत्यु, सातजना घाइते  

काठमाडौं, असार २ : काठमाडौंको कलंकीमा इडिफाइ इन्टरनेसनल स्कुलको माइक्रो भ्यान दुर्घटना हुँदा सोही विद्यालयमा अध्ययनरत विद्यार्थीको मृत्यु भएको छ।

सोमबार दिउँसो काठमाडौँ महानगरपालिका–१४ स्थित इडिफाइ इन्टरनेसनल स्कुलको कम्पाउन्डभित्र विद्युतीय माइक्रो भ्यान स्कुलकै गेटको पिलरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। 

Hardik ivf

दुर्घटनामा परी सर्लाही घर भई हाल कुलेश्वर बस्ने ९ वर्षकी सोनाक्षी यादवको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर भएकी यादवलाई सहिद मेमोरीयल अस्पतालमा उपचारको लागि लगिएको थियो। 

उनको अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको जनाइएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन् । भाइतेको कलंकीस्थित नेसनल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 


 

प्रकाशित मिति: १८:०७ बजे, सोमबार, असार २, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्