Kathmandu Press

बागमती नगरपालिकाका प्रमुख थापा ५० लाख धरौटीमा रिहा

जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले थुनछेक बहसपछि थापालाई ५० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो। 
बागमती नगरपालिकाका प्रमुख थापा ५० लाख धरौटीमा रिहा

सर्लाही, असार २ : सर्लाहीको बागमती नगरपालिकाका निलम्बित प्रमुख भरतबहादुर थापा ५० लाख रुपैयाँ धरौटीमा सोमबार रिहा भएका छन्।

थापाविरुद्ध अवैध रूपमा ढुंगा, गिटी र बालुवा उत्खनन गरी वन पैदावारमा क्षति पुर्‍याएको अभियोगमा सर्लाही जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। 

Hardik ivf

जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले थुनछेक बहसपछि थापालाई ५० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो। 

थापाविरुद्ध वन पैदावारमा क्षति पु¥याएको अभियोगमा एक अर्ब ४७ करोड ३९ लाख ४३ हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दर्ता भएको थियो। 

थापासँगै बागमती नगरपालिकाकी उपप्रमुख लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल, इन्जिनियर सागर पौडेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीविरुद्ध पनि मुद्दा दायर गरिएको  थियो।


 

प्रकाशित मिति: १७:५० बजे, सोमबार, असार २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्