Kathmandu Press

न्याय सेवाका एक सचिवसहित १० सहसचिवको सरुवा

आयोगको निर्णय अनुसारसत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव पाराश्वर ढुंगानाको कानून मन्त्रालयको सचिवमा सरुवा भएको छ। 
न्याय सेवाका एक सचिवसहित १० सहसचिवको सरुवा

काठमाडौं, असार २ : न्याय सेवा आयोगले एक सचिवसहित १० जना सहसचिवको सरुवा निर्णय गरेको छ। 

आयोगको निर्णय अनुसारसत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव पाराश्वर ढुंगानाको कानून मन्त्रालयको सचिवमा सरुवा भएको छ। 

कानून मन्त्रालयका सचिव उदयराज सापकोटा अनिवार्य अवकाशमा गएपछि रिक्त स्थानमा ढुंगालाई ल्याक्ष्एको हो। 

आयोगले न्याय समूहअन्तर्गत उच्च अदालतका रजिस्ट्रार सूर्यवंश शर्मा कँडेल, यमप्रसाद बास्कोटा, सर्वोच्च अदालतका सह–रजिस्ट्रार अमित उप्रेती, सह–न्यायाधिवक्ताहरू ईश्वरीप्रसाद ढकाल, सन्देश श्रेष्ठ, यदुनाथ शर्मा, कोषहरि निरौला, अशोकराज रेग्मी, रामहरि शर्मा काफ्ले र विवेक बरालको पनि सरुवा गरेको छ।

प्रकाशित मिति: १६:४२ बजे, सोमबार, असार २, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्