फेसबुकमा ‘अलबिदा’ लेखेर चिकित्सक सम्पर्कविहीन

काठमाडौं, असार २ : सामाजिक सञ्जालमा ‘अलबिदा’ लेखेर एकजना चिकित्सक सम्पर्कविहीन भएका छन् ।
डाक्टर केशव श्रेष्ठले सोमबार फेसबुकमा लामो स्टाटस लेखेर सम्पर्कविहीन भएका हुन् । अहिले श्रेष्ठलाई प्रहरीले खोजिरहेको छ। डा.श्रेष्ठ शुक्रबार मात्रै रामेछापबाट काठमाडौं आएको प्रहरीले जनाएको छ । उनी रामेछापको निमित्त मेडिकल सुपरिटेण्डेण्ट थिए।
श्रेष्ठको खोजीका लागि अहिले काठमाडौंमा रहेका प्रहरीका विभिन्न युनिटहरू परिचालन गरिएको छ । सम्भावित क्षेत्रहरूमा खोजी कार्य जारी छ । प्रहरीले चावहिल क्षेत्रलाई फोकस गरेर खोजिगरिरहेका छन् ।
डा.श्रेष्ठले जिल्ला अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट भएर काम गर्दा स्पष्टीकरण सोधेर झुटो आरोप लगाएर सरूवा गराएको लगायतका विभिन्न आरोप लगाएको फेसबुकमा लेखेका छन् ।
प्रकाशित मिति: १४:२६ बजे, सोमबार, असार २, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार