राप्रपाका महामन्त्री धवलशमशेर राणा अदालतमा उपस्थित
उनी आज बिहान काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका हुन्।-1750052861.png)
काठमाडौं, असार २ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर राणा अदालतमा उपस्थित भएका छन् । उनी आज बिहान काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका हुन्।
गत चैत १५ गत तीनकुनेमा भएको राजावादी प्रदर्शन उग्र बनेपछि राणा पक्राउ परेका थिए । तर, उपचार प्रयोजनार्थ हाजिरी जमानीमा रिहा भएका उनी प्रहरीको सम्पर्क बाहिर थिए।
राणाविरुद्ध राज्य विरुद्धको कसुरसहित चार वटा मुद्दामा अभियोजन गरिएको छ । उनलाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदाबी लिइएको छ।
प्रकाशित मिति: ११:३४ बजे, सोमबार, असार २, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार