Kathmandu Press

सानो पाइला सहकारी ठगीमा रविविरुद्ध ५ करोड रुपैयाँ बढी बिगो मागदाबीसहित अर्को मुद्दा

सहकारीको कुल १ अर्ब ३२ करोड ४६ लाख १२ हजार रुपैयाँ अपचलन भएको दाबी गरिएको छ । प्रहरीले १४ वैशाखमै अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय पर्सामा अनुसन्धान प्रतिवेदन बुझाएको हो। 
सानो पाइला सहकारी ठगीमा रविविरुद्ध ५ करोड रुपैयाँ बढी बिगो मागदाबीसहित अर्को मुद्दा

वीरगञ्ज, असार १ : वीरगञ्जको सानो पाइला सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेविरुद्ध ५ करोड रुपैयाँ भन्दा बढी बिगो मागदाबी गर्दै आइतबार मुद्दा दर्ता भएको छ।

पूर्वगृहमन्त्री समेत रहेका लामिछानेविरुद्ध ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दर्ता गरिएको हो। 

Hardik ivf

लामिछानेसहित २९ जनालाई प्रतिवादी बनाइएर मुद्दा दर्ता भएको छ। उक्त सहकारीको कुल १ अर्ब ३२ करोड ४६ लाख १२ हजार रुपैयाँ अपचलन भएको दाबी गरिएको छ । प्रहरीले १४ वैशाखमै अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय पर्सामा अनुसन्धान प्रतिवेदन बुझाएको हो। 

हाल लामिछाने रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा थुनामा छन्। सानो पाइला सहकारीका पूर्वसञ्चालक तथा संरक्षक जीबी राई हुन्। 

यो सहकारीले करिब ८ सय बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ बचत जम्मा गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । जिल्ला सरकारी वकीलको कार्यालय, पर्साले सहकारीले ऐन विपरित सदस्य समेत नरहेका वीरगञ्ज बाहिरका व्यक्तिलाई ऋण दिएर रकम अपचलन गरेको आरोप लगाएको छ। 

अनुसन्धानकाक्रममा सानो पाइला सहकारीबाट जीबी राई सञ्चालक रहेको नेचर हब इन्टरनेसनलाई १ करोड ३७ लाख, नेचर नेष्ट प्रालिलाई १ करोड ८५ लाख र स्प्रीङ वुड रियल स्टेटलाई १ करोड एक लाख कर्जा प्रवाह गरिएको तथ्य समेत फेला परेको छ। 

प्रकाशित मिति: १९:३२ बजे, आइतबार, असार १, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्