परराष्ट्रले भन्यो– इजरायल र इरानमा रहेका नेपाली सुरक्षित छन्
परराष्ट्रले हाल इजरायलमा करिब ५५ सय र इरानमा करिब १२ जना नेपालीहरू रहेको बताउँदै सबैजना सुरक्षित रहेको जानकारी प्राप्त भएको बताएको छ।
काठमाडौं, असार १ : इजरायल र इरानबीचको तनावपछि उत्पन्न परिस्थितिका सन्दर्भमा परराष्ट्र मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै त्यहाँ रहेका नेपालीहरू सुरक्षित रहेको जानकारी दिएको छ।
परराष्ट्रले हाल इजरायलमा करिब ५५ सय र इरानमा करिब १२ जना नेपालीहरू रहेको बताउँदै सबैजना सुरक्षित रहेको जानकारी प्राप्त भएको बताएको छ।
त्यहाँ रहेका नेपालीहरुलाई नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहन र सम्बन्धित मुलुकले जारी गरेका सुरक्षा सतर्कता सम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा प्रवाह गर्न पनि परराष्ट्र मन्त्रालयले निर्देशन दिएको छ।
परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले तेल अभिभ र दोहास्थित नेपाली राजदूतहरूलाई टेलिफोन सम्पर्क गरेर नेपाली नागरिकहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएकी छन्।
प्रकाशित मिति: १९:२७ बजे, आइतबार, असार १, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार