Kathmandu Press

कोशी सरकारले ल्यायो ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट

आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट प्रस्तुत गरेका हुन्। 
कोशी सरकारले ल्यायो ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट

काठमाडौं, असार १ : कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आइतबार बजेट प्रस्तुत गरेको छ।

आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट प्रस्तुत गरेका हुन्। 

कोशीको बजेटमा चालूतर्फ १८ अर्ब ६७ करोड ३३ लाख र पूँजीगत तर्फ १७ अर्ब १० करोड विनियोजन गरिएको छ। यस्तै, वित्तीय व्यवस्थापन तर्फ १० करोड विनियोजन भएको छ। 

कोशी प्रदेश सरकारले ल्याएको बजेट चालू आर्थिक वर्षको भन्दा १.१७ प्रतिशत बढी रहेको छ। चालु आर्थिक वर्षका लागि सरकारले ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट ल्याइएको थियो। 
 
प्रकाशित मिति: १७:३५ बजे, आइतबार, असार १, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्