Kathmandu Press

कर्णालीमा सत्ता र प्रतिपक्षीको विवादले प्रदेशसभा अनिश्चित

माओवादीले योजना बैंकमा योजनाहरू समावेश नगरेरै बजेट ल्याउन खोजेको भन्दै बैठकमा सहभागी नहुने जनाएको छ।
कर्णालीमा सत्ता र प्रतिपक्षीको विवादले प्रदेशसभा अनिश्चित

सुर्खेत, असार १ : सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलबीच सहमति नजुट्दा कर्णाली प्रदेशसभा बैठक अनिश्चित बनेको छ। 

माओवादीले योजना बैंकमा योजनाहरू समावेश नगरेरै बजेट ल्याउन खोजेको भन्दै बैठकमा सहभागी नहुने जनाएको छ।

माओवादी संसदीय दलको बैठकले योजना बैंकमा समावेश योजनाहरू सार्वजनिक गर्नुपर्ने र संसदमा मुख्यमन्त्री यामलाल कँडेलले जनाएको प्रतिबद्धताअनुसार जिल्लाबाट सिफारिस भएका योजना पनि बजेटमा समावेश नहुँदासम्म संसद् बैठकमा उपस्थित नहुने निर्णय गरेको छ।

आज तीन बजेका लागि तय गरिएको बैठक अनिश्चित बनेको छ। बैठकमा बजेट पेश गर्ने कार्यसूची थियो।

माओवादी उपस्थित नहुँदा कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बस्न सकेको छैन ।

प्रकाशित मिति: १७:१६ बजे, आइतबार, असार १, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्