Kathmandu Press

इजरायलस्थित नेपालीलाई दूतावासले भन्यो– निर्देशन मानेर सुरक्षित बस्नू 

दूतावासले एक विज्ञप्तिमार्फत नेपालीको सुरक्षा र हितका लागि २४ सै घण्टा खुला रहनेगरी हटलाइन पनि शुरु गरिएको बताएको छ। 
इजरायलस्थित नेपालीलाई दूतावासले भन्यो– निर्देशन मानेर सुरक्षित बस्नू 

काठमाडौं, असार १ : इजराइलस्थित नेपाली दूतावासले आइतबार त्यहाँ रहेका नेपालीलाई आधिकारिक निर्देशनको पालना गर्दै सुरक्षित बस्न आग्रह गरेको छ। 

दूतावासले एक विज्ञप्तिमार्फत नेपालीको सुरक्षा र हितका लागि २४ सै घण्टा खुला रहनेगरी हटलाइन पनि शुरु गरिएको बताएको छ। 

Hardik ivf

राजदूतावासले विज्ञप्तिमा इजरायल–इरान युद्धका क्रममा इजरायलका विभिन्न स्थानहरूमा ठूलो जनधनको क्षति पुगेको पनि बताएको छ। 

नेपाली दूतावासले इजरायलको ‘होम फ्रन्ट कमाण्ड’ ले सर्वसाधारणका लागि जारी गरिरहेको अध्यावधिक निर्देशनहरुलाई पालन गर्न नेपालीलाई आग्रह गरेको छ। 

राजदूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘इजराइलमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई स्थानीय सुरक्षा प्रोटोकलहरुको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत हार्दिक अनुरोध गर्दछौं ।’ 

प्रकाशित मिति: १६:२८ बजे, आइतबार, असार १, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्