Kathmandu Press

राज्यको कार्य सफलता कर्मचारीतन्त्रमा निर्भर छ : प्रधानमन्त्री ओली

उनले मुलुक सञ्चालनका लागि छनोट हुने कर्मचारी योग्य, दक्ष हुनुको साथै स्वच्छ हुनुपर्ने भन्दै राज्यको कार्य सफलता कर्मचारीतन्त्रमा निर्भर रहने बताए। 
राज्यको कार्य सफलता कर्मचारीतन्त्रमा निर्भर छ : प्रधानमन्त्री ओली

काठमाडौं, असार १ : प्रधानमन्त्री केपी ओलीले सरकारको कार्य सफलता कर्मचारीतन्त्रमा धेरै हदसम्म निर्भर रहने बताएका छन्। 

आइतबार काठमाडौंमा आयोजित लोक सेवा आयोगको ७५औं वार्षिकोत्सव समारोहमा उनले मुलुक सञ्चालनका लागि छनोट हुने कर्मचारी योग्य, दक्ष हुनुको साथै स्वच्छ हुनुपर्ने भन्दै राज्यको कार्य सफलता कर्मचारीतन्त्रमा निर्भर रहने बताए। 

Hardik ivf

‘कर्मचारीतन्त्र राजनीतिभन्दा फरक तर राजनीतिको लागि समिपमा रहेर काम गर्ने संयन्त्र हो। कुनैपनि मुलुकको सरकारको कार्य सफलता कर्मचारीतन्त्रमा धेरै हदसम्म निर्भर रहन्छ,’ उनले भने, ‘तसर्थ मुलुक सञ्चालनका लागि छनोट गरिने कर्मचारी योग्य, दक्ष हुनुको साथै स्वच्छ हुनु अर्को एउटा महत्वपूर्ण आवश्यकता हो। यो बाहेक देशको राष्ट्रिय हितको जगेर्ना गर्ने पनि हो।’

प्रधानमन्त्री ओलीले अहिले थुप्रै निकायहरुमाथि जनविश्वास कम हुँदै गएको अवस्थमा पनि लोक सेवा आयोगमाथिको जनविश्वास अझै प्रबल रहेको भन्दै राज्य सञ्चालनमा आयोगको कार्यक्षेत्र, भूमिका र दायित्व निकै महत्वपूर्ण रहेको बताए। 

उनले आयोगमा लामो समयसम्म कार्यरत रहेर सम्मानित भएका पूर्व कर्मचारी, उत्कृष्ट कार्यकारी पुरस्कृत कर्मचारीहरुलाई बधाई पनि दिएका छन्। 
 

प्रकाशित मिति: १५:१५ बजे, आइतबार, असार १, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्